२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

असक्षम सरकारलाई बोकिरहनु पर्छ भन्ने छैनः स्वर्णिम वाग्ले

१५ वैशाख, काठमाडौं । नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले असक्षम सरकारलाई बोकिरहनु आवश्यक नरहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा सांसद पदको शपथ लिएपछि तनहु क्षेत्र नम्बर १ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा वाग्लेले भने, ‘नेपालमा मात्रै होइन् विश्वभरि नै असक्षम सरकारको निरन्तरता कसैले चाहेको हुदैन् । ’

‘असक्षम सरकारलाई बोकिरहनु पर्छ भन्ने छैन’,उनले भने ‘यस्तै किसिमको अस्थिरता रहने हो भने त्यो अभ्यास गरिरहनु म तुक देख्दिनँ।’
स्थिरता एउटा साधन भए पनि आफूहरुले सुशासन र सम्मुनति जस्ता साध्यलाई पछ्याउने बताएका उनले तत्काल सरकारमा जाने कुरा ठुलो नभएको टिप्पणी गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १३:१७