५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज पनि घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

१५ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँमा काराेबार भएको छ।

बिहीबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। बिहीबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार ११:००