११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

रावा इनर्जी डेभलपमेन्टको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

१४ वैशाख, काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि चैत २३ गतदेखि वैशाख ७ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) वैशाख १३ गते बाँडफाँड गरेको हो ।

कम्पनीले जारी गरेको सेयरको १० प्रतिशत अर्थात् ५६ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धीत निकायहरुबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवदकहरुमध्ये प्रचलित कानूनबमोजिम बाँडफाँड गरेको हो ।

कम्पनीकाे आईपीओ बाँडफाँडसम्बन्धी नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ तथा सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/  मार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : April 27, 2023 at 2:05 pm