२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

चौंथो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु, विदेशी चिया व्यापारीलाई इलाम घुमाइने

१४ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ चौंथो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजना अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिएको हो ।

बुधबार बोर्डले काठमाडौंमा चियाको स्वाद परीक्षण कार्यक्रमगर्दै विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराइने जनकारी दिएको छ । भोलि र पर्सि व्यापारीलाई इलामको चिया वगानको अवलोकन तथा चिया उद्योगको भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गरिनेछ।

महोत्सव काठमाडौं र इलाममा हुनेछ भने रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी महोत्सवमा सहभागी छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १३:१९