१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

११९ रुपैयाँमा सेयर बिक्री गर्दै कुमारी बैंक, सर्वसाधारणले पनि खरिद गर्न पाउने

१४ वैशाख, काठमाडाैं । कुमारी बैंक (साविक एनसीसी बैंक) ले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले भाेलि वैशाख १५ गतेबाट २९ लाख ६५ हजार ४२० कित्ता सेेयर बिक्री गर्न लागेकाे हाे । बिक्रीमा राखिने उक्त सेयरको न्यूनतम मूल्य ११९ रुपैयाँ तोकिएको छ। यसकाे अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएकाे उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य सर्वसाधारण तथा संस्थाले पनि आवेदन पेस गर्न सक्नेछन्।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १ हजारको गुणनमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले जेठ २ गतेसम्म काठमाडाैंकाे कमलपोखरीस्थि सनराइज क्यापिटलमा बोलपत्र पेस गर्नुपर्ने।

प्रकाशित मिति : April 27, 2023 at 10:27 am