५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था छैनः अध्यक्ष ढकाल

१४ वैशाख, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था नरहेकाे बताएका छन् । आइविएन मिडिया रिसर्चले ललितपुरमा आयोजना गरेको ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ विषयक अन्तक्र्रियामा बाेल्दै अध्यक्ष ढकालले यस्ताे बताएका हुन् ।

ढकालले भने, “नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था छैन । २५ प्रतिशत रेमिट्यान्स बढेको छ । तरलता बढेको छ । ब्याजदर घट्दो छ । सूचक सकारात्मकतिर जाँदैछ । यहाँभन्दा खराब अवस्था आउँदैन । ”

साथै, ढकालले सेयर र घरजग्गामा पहिला सहजरूपमा ऋण दिएका कारण पनि अहिले समस्या आएको धारणा राखेका छन् । उनले लगानीको वातावरण बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति नहुँदा समस्या भएको बताउँदै आन्तरिक र बाह्य बजारमा सहजरूपमा काम गर्नसक्ने दक्ष जनशक्ति निर्माण गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०९:४३