७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

विकास माेडल रिडिजाइन गर्नुपर्छ: पूर्व अर्थमन्त्री पाण्डे


१३ वैशाख, नुवाकाेट । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकास माेडल रिडिजाइन गर्नुपर्ने बताएका छन । पार्टीले सञ्चालन गरेकाे दुई महिने `मिसन ग्रासरूट´ अभियानकाे समापन समाराेहमा सहभागी हुन विदुर आईपुगेका पाण्डेले सञ्चारकर्मीसँगकाे अन्तरक्रियामा नेपालकाे अहिलेकाे विकासकाे माेडल नै परिवर्तन गर्नुपर्ने बताए ।

पूर्वमन्त्री पाण्डेले अबकाे विकास जनताकाे आवश्यकता पूरा गर्ने खालकाे हुनुपर्ने बताए । उनले साना सडककाे निर्माणमा भन्दा पनि प्रमुख सडकहरू अर्थातठूला राजमार्ग निर्माणमा लाग्नुपर्ने बताए । पाण्डेले अहिलेकै गति र शैलीमा देशकाे विकास हुन नसक्ने बताए ।

पूर्वमन्त्री पाण्डेले सर्वप्रथम विकास सम्बन्धी साेचमै परिवर्तन ल्याउनुपर्ने बताए । पाण्डेले सामाजिक सुरक्षाकाे माेडल पनि दुर्घटनामा पुगेकाे बताए । भाेटका लागि जे पनि फ्रि भनेर हुँदैन भन्दै उनले अहिलेकाे सामाजिक सुरक्षाकाे कार्यक्रमकाे ढाँचामा पुनःसंरचना आवश्यक देखियाे ।

उनले नेपालकाे अर्थतन्त्र अझै सुधार हुन नसकेकाे बताए । केही सूचकमा सुधार देखिए पनि महशुष हुने गरी सुधार नदेखिएको बताए ।
खर्च भन्दा आम्दानी कम रहेर देश स्वास्थ हुन नसक्ने बताए ।

उनले राजस्व समेत उठ्न नसक्ने परिस्थिति हुँदा पनि सरकार खासै गम्भीर हुन नसकेकाे बताए । पाण्डेले पुसमा सरकारले दैनिक काम चलाउन आन्तरिक ऋण लिएकाेले नपुगेर फेरि लिने तयारी भैरहकाे भन्दै सरकारले नै १२ प्रतिशतमा ऋण लिएर काम गर्न पर्ने समस्या डर लाग्दाे भएकाे बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १८:४८