२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्न गठबन्धन आवश्यकः उपेन्द्र यादव

१३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्न गठबन्धनलाई निरन्तर रुपमा अगाडि बढाउन आवश्यक भएको बताएका छन् ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उपनिर्वाचनमा विजय भएपछि सञ्चारकर्मीसँग नवनिर्वाचित सांसद यादवले राष्ट्रिय समस्याको समाधान राजनीतिक स्थिरतासंग जोडिएकोले गठबन्धनलाई निरन्तर राख्नु पर्ने बताए ।

उनले भने ‘ देशको राष्ट्रिय समस्याको समाधान राजनीतिकस्थिरतासंग जोडेर हेरेका छौ । राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्नका लागि यो गठवन्धनलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्छ । बाराका जनताले निरास हुनु पर्दैन बाँकी काम गरेर देखाउनु पर्छ । ’

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १६:३१