७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

दोहोरो अंकले घट्यो सेयर बजार, ८४ करोड ७० लाखकाे काराेबार

१३ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६८ अकंले घटेर १८९२.०० बिन्दुमा बन्द भएको छ । आज २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका ४० कम्पनीको सेयरमूल्य बढेको छ । १७२ कम्पनीकोे सेयरमूल्य घटेको छ भने ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।  आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् । आज सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १५:१९