८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

साथीलाई कुटपिट गरी भिडियो बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने १३ बालिका पक्राउ

१३ वैशाख, काठमाडौं। साथीलाई कुटपिट गरी भिडिओ बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका– ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट गरी भिडिओ समेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

घटना हेर्दा १४ वर्षीया बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सामुहिक रूपमा कुटपिट गरी भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय मोरङले जनाएको छ ।सामूहिक घटना भएकोले यस बारेमा गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : April 26, 2023 at 12:51 pm