भर्नुभयाे त ? १३० रुपैयाँमा किन्न पाइने प्राइम बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन
१३ वैशाख, काठमाडाैं । प्राइम कमर्सियल बैंकले बिक्रीमा राखेकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वैशाख ४ गतेदेखि १९ लाख १५ हजार कित्ता संस्थाप सेयर बिक्रीमा ल्याएकाे थियाे । उक्त सेयरमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण, योग्य व्यक्ति, कम्पनी तथा अन्य संस्थाले आवेदन दिन सक्नेछन्। साे सेयरमा लगानीकर्ताले न्यूनतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा कुनै हद लाग्ने छैन। इच्छुक लगानीकर्ताले काठमाडाैंकाे मलादीस्थित प्रभु क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन्।
प्रकाशित मिति : April 26, 2023 at 10:27 am









