छ्याप छ्याप पानी हालेर सफा गर्दा आँखा झन् खराब हुन्छः डा दिपककुमार साह
मानव शरीरको सबैभन्दा बढी संवेदनशील मध्येको अंग हो आँखा तर हामीले यसको हेरचाहमा कत्तिको ध्यान दिएका छौँ ? नेपालमा आँखा रोगको उपचार यसको सम्भावना र चुनौतीहरु के छन् ? नीतिगत रुपमा आँखा रोगका सम्बन्धमा राज्यले कस्तो खालको प्रबन्ध गर्नुपर्छ ? किन आँखाको उपचारका निम्ति अहिले सम्म राज्यले आफ्नै अस्पताल बनाउन सकेको छैन ? यी लगायतका विषयमा केन्द्रित रहेर दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीले नेपाल दृष्टि रोग विशेषज्ञ संघका महासचिव डा दिपककुमार साहसँग केही प्रश्न गरेका छन । साहसँगको प्रश्नोत्तरको सम्पादित विवरण यहाँ प्रस्तुत गरिएको छः
मान्छेले सामान्य कुरा पनि ख्याल नगर्दा वा थाहा नपाउँदा दृष्टि गुमाइरहेका हुन्छन्, अल्पदृष्टिमा पुगेका हुन्छन्, खासमा किन यस्तो भइरहेको छ ?
आँखा भनेको यस्तो अंग हो, जसको सहयोगबिना हामीले जीवन परिकल्पना गर्न सक्दैनौं । जीवन परिकल्पना गर्न नसक्दा यसलाई एउटा कुरासँग जोड्नै पर्छ, हाम्रो प्राकृतिक रुपमा जुन आँखा बनेको छ, त्यो टाढा हेर्ने र आफ्नो दिनचर्याको कामहरु गर्ने हिसाबले बनेको हो । अहिलेको समयमा दिनचर्याको पूरै परिवर्तित स्वरुप छ । हामीले आखाँलाई पढाइ लेखाइ, नजिकको काम गर्न र आफ्नो ग्याजेट्सहरुको लागि प्रयोग गरिरहेका छौं । हामी आँखाको बढी प्रयोग ल्यापटप, मोबाइल जस्ता डिभाइसहरुमा गरिरहेका छौं । आँखाको नेचुरल काम टाढा हेर्ने हो तर हामीले जस्ट अपोजिटमा आँखालाई नजिकको लागि प्रयोग गरिरहेका छौं ।
अहिले हामी दृष्टिदोषको कुरा गरिरहेका र्छाैं । विश्व स्वास्थ्य संगठनले २०५० सम्ममा संसारको आधा जनसंख्यामा अदुर दृष्टिदोष जसलाई हामी मायावी पनि भन्छौं । त्यो अदुर दृष्टिदोष बाट ग्रसित हुने छौं । अर्को शताब्दीपछिको महामारी मायावी अर्थात अदुर दृष्टिदोष हुनेद्ध । चस्मा लगाउने समस्या आउछ भनेर विश्व संगठन संघले २०१९ मा वल्ड रिर्पोट अन भिजन निकाल्दा भनिसकेको छ । टाढा हेर्नुपर्ने हाम्रो आँखा कोभिड महामारीले अझै नजिक हेर्ने बनाइदियो । कोभिडले हामीलाई अझै धेरै ग्याजेट्सहरु प्रयोग गर्ने बनाइदियो । त्यसकारण अझै धेरै दृष्टिदोषको व्यापकता बढेको देखिन्छ । अहिले धेरै देशहरुमा अनुसन्धानहरु भएका छन । अनुसन्धानमा कोभिडदेखि यता तीन वर्षको अवधिमा अदुर दृष्टिदोष दोब्बरले बढेको देखिएको छ । चस्मा लगाउने समस्या बढेको देखिन्छ ।
हाम्रा पूर्वजहरुको कुरा गर्दा उहाँहरुले आँखा टाढाको आफ्नो गाईवस्तु हेर्न, खेतबारी हेर्न र मनोरम दृष्यहरुलाई अवलोकन गर्न प्रयोग गर्नुहुन्थ्यो । पूर्वजहरुले आँखाको समस्या छ, भनेको सुनिदैन थियो । तर अहिले भर्खर स्कूल पढ्दै गरेका नानीबाबुहरुको आँखा कमजोर भइरहेको छ । उनीहरु चस्मा लगाइरहेका छन् । यो नजिकको काम बढी गरेर भएको हो । तपाईँलाई एउटा उदाहरण भनौं । जापानमा अहिले धेरै स्कुलमा बच्चाहरुलाई पाँच क्लाससम्म स्कुलको कोठा भित्र पढाउँदैनन् । अहिले उनीहरुले चौरमा पढाउन थालको छन् । जापान, कोरिया र चाइना जस्ता मङ्गोलियन देशमा चौरमा पढाई भइरहेको छ । उक्त देशहरुमा अदुर दृष्टिदोषको समस्याहरु बढ्दै गएकाले यो उपाय खोजिएको हो । त्यहाँका मानिसहरुमा अदुर दृष्टिदोष एउटा महामारीको रुपमा देखिँदै गयो, त्यहीबाट सरकारले नीति निर्णय परिवर्तन गरेर बच्चाहरुलाई चौरमा पढाउने नियम ल्यायो ।
मायावी किन हुन्छ, कसरी हुन्छ भनेर थाहा छैन । त्यो अहिले पनि अनुसन्धानको विषय हो । अनुसन्धानबाट अदुर दृष्टिदोष मुख्य दुई वटा रुपमा आएको देखिन्छ । एउटा नजिकको काम बढी गर्ने र अर्को एथेस्टरुपमा आँखामा जति लाइट चाहिन्छ । त्यति लाइट नभए पनि हामी आँखालाई काममा लगाउँछौं । पढ्न लागाउँछौं, लेख्न लगाउँछौं वा दैनिक क्रियाकलापमा लगाउँछौं, जसकारण कारणले अदुर दृष्टिदोष बढेको छ ।
संवेदनशील आँखामा हामी विभिन्न खालको ग्लासहरु प्रयोग गरिरहेका छौं । झन् बढी हेलचेक्रयाई भएको देखिन्छ, ग्लासको जुन परीक्षण हुनुपर्ने हो त्यो भएको देखिन्न । यो कत्तिको राम्रो हो ?
पान पसल जस्तै चस्माको पनि पसल छ । चस्माको पनि व्यापार हुन्छ । बाहिर चस्मा पसलबाट चस्मा किन्दा चस्माको पावर कसरी दिएको हो थाहा हुँदैन । पसलेको शैक्षिक योग्यता बिना नै हामी उक्त पसलबाट चस्मा खरिद गर्न बाध्य छौं । चस्मा भनेको एउटा मेडिकल डिभाइस हो । आज हामी स्वास्थ्य मन्त्रालयको पोलिसी डकुमेन्टहरु पल्टाएर हेर्यौ भने चस्मालाई रियाबको अप्टिकल एडको रुपमा देखाइएको छ । रियाबको इन्टुमेन्टको रुपमा देखाइएको छ । यदि यो मेडिकल डिभाइस हो भने यसको रेगुलेशन पनि मेडिकल तरिकाले हुनुपथ्र्याे । जस्तो हामी फार्मेसीमा औषधी किन्न जाँदा हामीले त्यो औषधी अरु किराना पसलमा देख्दैनौं । त्यो फार्मेसीमै हुन्छ र त्यहाँ हामीले आरामले हेर्न र किन्न पाउँछौं ।
दर्तावाला फार्मेसीले मात्र त्यो दबाई वा औषधीहरु बेच्न पाउँथे । एकदम दुःखका साथ भन्नुपर्छ नेपालमा यस्तो कुनै पनि कानुन छैन । जस्ले चस्मालाई रेगुलेट गर्नुपर्छ । चस्मा पसल अलिकति पढेलेखेको व्यक्तिले मात्र कम्तिमा पनि डिप्लोमा लेवलको, जसलाई हामी नेत्र सहायक भन्छौं । उसले मात्र पसल सञ्चालन गर्छ भने त्यो व्यक्ति आम मानिसको लागि एकदमै राम्रो हो किनकि उसलाई नेत्रको बारेमा धेरै कुराहरु जानकारी हुन्छ । उसले मानिसको नेत्रमाथि हेलचेक्राई गर्न सक्दैन । त्यो पढेको व्यक्तिले दिनुपर्ने पोलिसी नभएको कारणले गर्दा हामी न्यूरोडमा पनि चस्मा बेचेको देख्छौं, घडी पसलमा पनि चस्मा बेचेको देख्छौं । त्ससले गर्दा आखाँमा अरु समस्या बढेकोे देख्छौं । अहिले आँखाको स्वास्थ्य स्थिति विकराल बन्दै छ । खराब बन्दै छ । यसले डब्लुएचओको २०५० सम्ममा आदि जनसंख्यामा मायाविक हुनेछ भनेको छ भनेको छ । नेत्र स्वास्थ्यमा यति धेरै लापार्वाही भइरह्यो भने त्यो २०४० तिरै हुन सक्छ ।
औषधी व्यवस्था विभागले विभिन्न खालका औषधीहरुको रेगुलेशन गर्छ, उसले आँखाको एउटा अंग बनाएर व्यवस्थापन गर्न सक्दैन ?
उसलाई इच्छा छ भने गर्न सक्छ । किनभने उसले एसटिपि बनाएको छ । हाइ टेक्नोलोजी प्रडक्टको निर्देशिका बनाएको छ । त्यो निर्देशिकामा एकदम क्लिएर बोलेको छ । हामी चस्मालाई रेगुलेट गछौं । कन्ट्याक लेन्सलाई रेगुलेट गर्छौं । कन्ट्याक्ट लेन्सको सोलुसनलाई रेगुलेट गछौं, कम दृष्टि भएका, लो भिजन भएका व्यक्तिहरुमा जुन अप्टिकल एडहरु प्रयोग गर्छौं । टेलिस्कोप, सिसी टिभी र म्याग्नेफयर सबैलाई रेगुलेट गर्ने काम मन्त्रालयको हो । मैले नेपाल दृष्टिविहिन विषेशज्ञ संघबाट कुरा राख्दै आएका छौँ । हामीले सँधैभर मन्त्रालयलाई र विभागमा भनेका छौँ । त्यहाँ आइएटी र ओरल सेक्सन छ । त्यसले आँखा हेर्नुपर्ने हो ।
मन्त्रालयमा नीति योजना र मोनिटरङ डिभिजन भित्र र मन्त्रालय भित्रनै एउटा उच्चस्तरीय अािँखा समिति बनाएको छ । यसलाई डिडीले रेगुलेट गर्नुपर्ने हो । तर पोलिसिको अभाव बन्यो वा पोलिसि भएर पनि इच्छाशक्तिको अभाव बन्यो । त्यसले गर्दा अहिलेसम्म भएको छैन । हाम्रो आवाज नै यही हो, मन्त्रालयले आँखाको स्वास्थ्यमा उचित निर्णय गर्नुपर्यो । यसलाई छिटो छरिटो गर्नुपर्यो । रेगुलेट गर्नुपर्यो र जनताको स्वास्थ्य अधिकार भनेको मौलिक अधिकार हो । आँखा स्वास्थ्य पनि त्यसको अभिन्न सवाल हो । आँखा स्वास्थ्यलाई यसरी अपहेलित गर्न मिल्दैन । त्यसलाई सही तरिकाले रेगुलेट गर्नुपर्यो ।
आजको दिनसम्म राज्यको आफ्नै आँखाको अस्पताल नहुनु र नीजि क्षेत्रको क्लिनिकहरुलाई खुल्ला अस्पताल मानेर त्यहाँ मान्छेहरुको देखिनुको कारण के हो ?
यसलाई हामीले परम्परागत तरिकाले नै हेर्ने हो भने नेपालमा आँखा स्वास्थ्य सुरुवात लगभग सन् हो कि विसं. ? १९८१ भएको हो । आँखाका सबै कहानी त्यहीँबाट सुरुवात भएको छ । विश्व स्वास्थ्य संगठनले जब नेपालमा आँखाका बिरामीहरु बढ्न थाले, उक्त संगठनले एउटा सर्भेक्षण गरौं भन्यो । नेपालमा प्रभुत्व भएका व्यक्तिहरु जसले अहिले आँखा क्षेत्रमा काम गरिरहनुभएको छ, उहाँहरुले नेपाल ब्लाइन्ड सर्वे, नेपाल सरकार र डब्लुएचओसँग मिलेर सर्वेक्षण गरे । त्यो सर्वेक्षणबाट कुन कुन रोगहरु कहाँ कहाँ, कति मात्रामा छन त्यो सबै कुरामा छर्लङ्ग भए । त्यो बेला देखिनै मोतिबिन्दु १ नंम्बरमा र खस्रे रोग दुई नम्बरमा थियो । हामीले एउटा फड्को त्यो खस्रे रोगमा मार्यौ । मोतिबिन्दु र खस्रे रोगजस्ता कामहरुको लागि नेपालमा धेरै आइएनजिइओहरु आए ।
लगभल संसारका आदि आइएनजिइओहरु नेपालमा काम गर्छन् । त्यो पनि ऐनजिइओको माध्यमले । नेपालमा आँखा स्वास्थ्यको कुरा गर्ने हो भने नेपाल सरकारले पाँच प्रतिशत भन्दा कम दिन्छ होला । नेपाल सरकारको आफ्नो आँखा अस्पताल छैन । नेपाल नेत्र ज्योति संघले सत्तरीदेखि असि प्रतिशत सेवाहरु आफ्नो आँखा अस्पताल र आई केयर सेन्टरबाट दिन्छ । पाँचदेखि दश प्रतिशत लगभग तिलगंगा र त्यसको आई केयर सेन्टरले गर्छन् । दश प्रतिशत प्राईभेट सेक्टरहरु पनि छन् । सरकारले किन लिएन, यसले अपन्वत्व बोध किन गरेन ? आँखाको समस्या हो र मैले जनतालाई आँखाको उपचार सेवा दिनुपर्छ भन्ने कर्तव्य बोध किन भएन भनेर मलाई सोध्नुहुन्छ भने मसँग उत्तर छैन, किनकि म कुनै पनि सरकारी निकायमा काम गर्ने व्यक्ति होइन । स्वास्थ्य भनेको मौलिक अधिकार हो । आँखा स्वास्थ्य पनि स्वास्थ्यको अभिन्न अंग हो । सरकारले यसलाई ध्यान दिनुपर्छ । दिनुपर्ने हो । तर किन दिन सकेको छैन त्यो मलाई थाहा छैन ।
नीतिको कुरा गर्दा राज्यले गर्न सकेन, त्यो आफ्नो ठाउँमा छ । यद्यपि तपाईँहरुले एउटा संघ नै बनाएर, नेत्र रोगको विषेशज्ञहरु एक भएर यो रोगको उपचारको निम्ति दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ त्यसमा राज्यलाई घचघच्याउने काम गर्नु भएको छ कि छैन ?
हामीले लगातार रुपमा र सँधैभरी यो कुरा प्रमुखताका साथ हरेक मिटिङहरुमा आखाँको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने प्रश्नहरु उठाउँदै आएका छौं । हामीलाई मिटिङ बोलाउन पर्दैन । हामी आफैं मन्त्रालय धाएको धाएै छौं । यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्दिनुपर्यो भनेका छौं । अहिले आँखा क्षेत्रका ह्युमन रिर्सोसहरु धेरै बढेका छन् । आँखाको स्वास्थ्यकर्मीहरु पनि एकदम बढेका छन् । तिनीहरुले जागिर पाउने स्थिति छैन । तर आँखा सम्बन्धि विषयमा ज्ञान नभएकाहरुले चस्मा पसल चलाइरहेका छन् ।
तीन वर्षे डिप्लोमा पनि नगरेका व्यक्तिहरुले काम गरिरहेका छन् । सेवा दिइरहेका छन् । त्यसलाई रोक्नुपर्छ भनेर हामीले प्रमुखताका साथमा कुराहरु अगाडी बढाएका छौं । नेपाल सरकारले यसमा अप्नत्व लिनुपर्छ । एउटा सकरात्मक कुरा भनौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नीतिबाट भनेको छ आँखालाई हामीले इन्टरएक्ट गर्ने छौं । आँखा स्वास्थ्य इन्टरएक्ट गरिएको छ तर पोलिसिमा कार्यान्वयन गरिएको छैन ।
नागरिकहरुले आँखाको उपचारको सेवा लिन्छन्, पैसा दिन्छन् । तर जुन एनजिइओ भित्रको उपचार पद्धतिमा उनीहरुलाई निःशुल्क उपचार गरेको भनेर अरु धेरै ठाउँमा बिल बुझाएर वा अन्य परियोजनाहरुबाट क्लेम गरेर दोहोरो फाइदा लिन्छन् यो कत्तिको सत्य हो ?
सबैभन्दा पहिला यो मेरो क्षेत्रभित्रको कुरा होइन । हामी एउटा एसोशिएसन हो । पेशागत संस्था हो । पेशागत संस्था भइसकेपछि हामीले पेशागत हक, अधिकारको कुरा बढी बोल्ने हो । तपाईँले सुनेका कुरा अनुसन्धानको विषय हो । हामी पनि धेरै कुरा सुन्छौं । नेपालमा नब्बे प्रतिशत एनजिइओले स्वास्थ्य उपचार दिन्छ । एनजिओेले के गर्छ ? उनीहरुको संरचना के छ । कसरी चलेका छन् ? कहाँ बाट पैसा आउँछ ? त्यो पैसा कहाँ जान्छ ? त्यो भनेको अनुसन्धानको विषय हो । त्यसलाई तपाईले एउटा पत्रकारको माध्यमबाट अनुसन्धान अगाडि उठाउन सक्नुहुन्छ । मैले अहिलेसम्म सुनेको नेपाल सरकारले आँखाको विषयमा जिम्मेवारी नलिएको भनेर एनजिओले लिएको भन्छन् । सरकारले हामी लिन चाहन्छौं तर एनजिओले दिन चाहँदैन भन्छन् । को सत्य हो, को गलत हो मलाई जानकारी छैन ।
मेरो एउटा इच्छा छ । जनताले सेवा पाउनुपर्छ । सेवा मात्र होइन गुणस्तरीय सेवा पाउनुपर्छ । सरकारले त्यसको जिम्मेवारी लिनुपर्छ । त्यो जनताको मौलिक अधिकार हो । सरकारले त्यो जिम्मेवारीहरुलाई लिएर यहाँको स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर जनतालाई आँखाको स्वास्थ्य सेवा गुणस्तर किसिमको सेवा दिनुपर्छ ।
हामी अलि अनौठो अवस्थामा छौं । हामी साउथ एसियामा आँखा स्वास्थ्यमा अरु देशभन्दा धेरै अगाडि छौं । उपचारमा पनि राम्रो छौं । डाटामा पनि राम्रो छौं र उपचार दिनसक्ने क्षमतामा पनि राम्रो छौं । त्यसकारणले हाम्रो सरकारले ढुकसँग भन्छ– हामीले आँखाको सेवा विदेशमा बेचेका छौं । तर म एउटा अलि अनौठो पक्ष भन्छु । नेपालमा लगभग चारदेखि पाँच लाखको संख्यामा आँखाको सर्जरी हुन्छ । वर्षमा लगभग चालीसदेखि पचास लाख आँखा जाँच गरिन्छ । त्यसमा दुई तिहाई हामी विदेशीको गर्छाैं । भारतीयको गर्छौ । यो दियो मुनिको अँध्यारो जस्तै भनौं जहाँ जहाँ अस्पतालहरु छन् । जहाँ जहाँ आइकेयरहरु छन् । त्यहाँका जनताले सेवा लिदैनन् । बाहिरको मान्छेले लिन्छन तर आफ्नो देशको जनताले लिदैनन् ।
सरकारले उक्त जनताहरुलाई पनि जागरुक बनाएर तपाईँले सेवा लिनुपर्छ । सेवा नलिएको कारणले तपाईँको आँखा र जीवनको गुणस्तर पनि खस्किँदो अवस्थामा छ । यसले तपाईको पढाइमा पनि असर पार्छ । जीवनका अरु क्रियाकलापमा पनि असर पार्छ भनेर सरकारले त्यो लेवलको जनचेतना फैलाउन सकेका छैनन् । हामी आँखा विशेषज्ञहरुले पनि त्यो गर्न सकिरहेका छैनौं । नेपालीहरुमा अहिलेसम्म पनि आँखाको समस्या छ । उनीहरु अहिलेसम्म पनि जहाँको त्यहीँ छन् । आँखाका अस्पताल र आई केयर सेन्टरहरु हामीले एकदम गुणस्तर काम गरिरहेका छौं भनेर फुकेका फुकै छन् । देशले पनि हामी एकदम कम ब्लाइन्ड देश भएको देशमा पर्छौ भनेर गर्भको साथ बोल्छ । तर नेपाल सरकारले एउटा राम्रो रिसर्च गरिदिएको छैन ।
तपाईले जुन डाटाको कुरा गर्नुभयो, उपचा लिनेमध्ये दुई तिहाई भारतीय नागरिकले उपचार सेवा लिएका छन् भनेर यो कहाँको डाटा हो ?
अहिले सत्तरीदेखि असी प्रतिशत आँखा स्वास्थ्य सेवा नेपालमा एकदम राम्रो छ । उक्त सेवा दिने संस्थाको नाम नेपाल नेत्र ज्योति संघ हो, जसले आँखाको काम गर्छ । त्यसले दिने सेवा उत्कृष्ट छ । उक्त संस्थाले आफ्नो रिपोर्टहरु निकाल्छ । सो रिपोर्टको आधारमा मैले बोलेको हो । नेपाल सरकारसँग आफ्नो एकदम विकसित खालका कुनै रिपोर्ट छैन । किनभने १९८१ पछि कुनै पनि सर्वव्यापीरुपमा रिसर्च गरेको छैन । सबै एनजिइओले गरेका छन् ।
सरकारले नयाँ बजेटको तयारी गर्दैगर्दा तपाईँको संघको तर्फबाट तपाईँहरुले आँखाको उपचार सरकारी दायराभित्र लिएर आउन यो गर्नुस् भन्ने खालको सुझाव दिँदै हुनुहुन्छ कि ?
यस पटक पनि हामीले नेपाल सरकारको विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत अनिवार्य रुपमा हरेक बच्चालाई एउटा क्लासबाट अर्को क्लासमा अपग्रेट गर्दा अनिवार्य आँखा जाँच नगरी अपग्रेट नगरौं । यदि त्यो गर्न सकिँदैन भने कुनै तरिकाले स्कुलमै विशेषज्ञहरु वा नेत्र चिकित्सक बोलाएर त्यसको जाँच गर्नुपर्छ, भनेर एकदम प्रमुखताका साथ बोलेका छौं । हामीले बोल्दा यो एउटा विशेष कार्यक्रम हुन्छ । नब्बे प्रतिशत सेवा एनजिओले दिएको छ । सरकारले यसलाई यति चाँडै कार्य गर्न सक्दैन भन्ने व्यक्तिहरु पनि भेटिए । त्यो गर्न सक्ने नसक्ने कुरा मलाई थाहा छैन । तर नेपाल सरकारले गर्न चाहेमा सबै कुरा गर्न सक्छ । यो सम्भव कुरा हो । म व्यक्तिगत रुपमा आँखाको समस्या अन्त्य गर्न यति भन्छु, यदि हामीले हरेक बच्चाको आँखा जाँच स्कुल समयमै गर्न सक्यौं भने र एक सालमा एक चोटी जब उसको क्लास चेन्ज हुने समय आउँछ त्यो बेला गर्न सक्यो नब्बे प्रतिशत आँखाका समस्याहरु सकिने छन । दृष्टिको समस्याहरु हेरेर, त्यसको लागि उपयुक्त चस्मा लगाएर यस्ता समस्याहरु हटाउन सकिन्छ । चस्मा लगाउनुलाई नराम्रो मान्नु पर्दैन । त्यो एउटा उपचार विधि हो । मैले सुरुमै भने चस्मा भनेको एउटा मेडिकल डिभाईस हो ।
चस्मामा गुणस्तर नाप्ने कुरा र गुणस्तरको मापदण्ड बनाउने कुरा नेपाल सरकारको काम हो । नेपाल सरकारले छिटो छरिटो र नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई मेरो आफ्नो तर्फबाट अनुरोध गर्न चाहेको छु । आँखाको विषयलाई अलिकति संवेदनशील रुपमा लिनुपर्यो । यो काम गर्न सकियो भने, यदि हामीले यो सालभरी हरेक बच्चाको आँखाको जाँच गर्न सकियो भने सरकारको लागि यो एउटा प्रमुख उपलब्धि हुनेछ । यसलाई प्रमुखताका साथमा लिउँ र धेरै बच्चाहरुलाई जो पढ्न सक्दैनन । उसको आँखामा समस्या भएर, उसले आँखा देख्न नसकेर उसले पढ्रन नसकेको हो । यसमा हामीले उसको जीवनको गुणस्तर सम्म पनि खेलबाढ गरिरहेका छौं । त्यो खेलबाड बन्द गरेर जसरी पनि कम्तीमा बच्चालाई एक पटक आँखा जाँच गर्ने कार्यक्रममा राखौं ।
सरकारले आँखा स्वास्थ्यमा अलिकति ध्यान दियोस । आँखाको उपकरण र चस्मा जुन छ उपचार विधिमा प्रयोग हुुने त्यो उपकरणहरुको गुणस्तर जाच गरेर डिडिए वा स्वास्थ्य मन्त्रालय जस्ले गर्नुपर्ने काम हो । त्यसले गरेर हामीलाई गुणस्तर समान हामीले पाउँ त्यो बाट हाम्रो ह्युमन डेभलभमेन्ट सूचांक बढाउँछ । त्यसले हाम्रो जीवनलाई गुणस्तर बनाउँछ र हाम्रो जीवनलाई अझ उत्पादनशील बनाउँछ । देशमा प्रगति गर्न यसको ठुलो रोल छ । आँखामा लगानी गर्न डराउन हुन्न । सरकारले आँखामा लगानी गर्यो भने हामीले यसमा चारगुणा बढी प्रतिफल पाउँछौं भन्ने सोच राखेर आँखा ध्यान दिनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।
आँखालाई समयमै त्यसको स्यार गर्दै । त्यसलाई संरक्षण दिदै त्यसलाई सुरक्षित रुपमा बचाउन सकिने विभिन्न खालका उपायहरु होलान ?
हामीले विभिन्न तरिकाबाट अवश्य नै आँखाको रोगहरुलाई पनि कम गर्न सक्छौं । जीवनलाई पनि सहज बनाउन सक्छौं । आँखाको स्याहार गर्दा सबैभन्दा पहिला आँखा राम्रोसँग धुने । आँखालाई दिनमा दुई पटक सफा गरौं । छ्याप छ्याप पानी हालेर धुने काम बन्द गरौं । छ्याप छ्याप पानी हालेर सफा गर्दा आँखा झन् खराब हुन्छ । आजभोलि हामीले ग्याजेट्हरु धेरै प्रयोग गरिरहेका छौ । मोबाइल, ल्यापटप र टेलिभिजन यत्तिकै मात्रामा प्रयोग गरिरहेका छौं । दिनमा आठदेखि दश घण्टासम्म ग्याजेट्स प्रयोग गर्छौ । हामी कुनै न कुनै प्रकारका स्क्रिनले घेरिएको संसारमा छौं । त्यसलाई कम गर्नुपर्यो । व्यवस्थित गर्नुपर्छ । हामी ट्वान्टी, ट्वान्टी, ट्वान्टी रुल भन्छौं ।
बीस मिनेटसम्म यदि तपाई डिजिटल स्क्रिनको प्रयोग गर्नुहुन्छ भने बीस सेकेन्ड तपाईँ आँखा बन्द गर्नुस् । त्यसपछि बीस सेकेन्ड झ्यालबाट बाहिर कतै टाढा हेर्नुस् । आँखालाई रिल्याक्स गराउनुस् । मैले सुरुमै भनेको थिए आँखा टाढा हेर्न बनेको हो । जब हामी टाढा हेर्छौ तब आँखा रिल्याक्स हुन्छ । दुई घन्टासम्म लगातार ग्याजेट्सहर प्रयोग गरेका छौ । विद्युतीय उपकरणको प्रयोग गरेका छौं भने तपाईँले पन्ध्र मिनेटको आराम लिनुपर्छ । समय समयमा फोर्सफुल व्लिङकिङ गर्नुहोस् । यसले हाम्रो आँशुलाई पम्प गर्छ । धेरै समयसम्म काम गर्दा आँखा सुख्खा हुन्छ । त्यसकारण जसरी गाडीमा मोबिलले काम गर्छ । त्यसरी हाम्रो आँखामा आशुले काम गर्छ । आँखाले गर्दा हाम्रो स्लिपिङ प्याटनलाई पनि असर गर्छ ।
मानिसहरु प्रायः सुत्ने बेलासम्म पनि हातमा मोबाइल चलाउँछन् । त्यो काम बन्द गर्नुपर्यो । तपाई जब नर्मल्लि कम्प्युटर चलाउनु हुन्छ वा कुनै कामहरु गर्नुहुन्छ भने यथेष्ट मात्राको लाइट हुनुपर्यो । भेन्टिलेशन राम्रो हुनुपर्यो । हामीले ल्यापटप, मोबाइलको स्क्रिन सिधा हेछौं । यसरी हेर्नुभयन लगभल यसको १५ देखि २० डिग्रीको इनक्लाइनेशन गरेर हेर्नुपर्यो । जस कारण ल्यापटपबाट आएको रेजहरु उडेर जाओस् । दिनमा दुईदेखि तीन लिटरसम्म पानी पिउँ । यसरी आँखा जनस्वास्थ्यको मापदण्डहरु पूरा गर्यौँ भने हामीले धेरै हत सम्म आँखाको समस्या कम गर्न सक्छौं । त्यसले हाम्रो जीवनको गुणस्तर बढाउन सक्छौं ।
प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०९:१५