नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचिकृत
४ जेठ, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचिकृत भएको छ । साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा गाभ्ने /गाभिने गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी जेठ ४ गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १२:५७