२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

कांग्रेस र कम्युनिष्टप्रति जनतामा तिव्र वितृष्णा रहेको राप्रपा नेपालको ठहर

१२ वैशाख, काठमाडाैँ । राप्रपा नेपालले कांग्रेस र कम्युनिष्टप्रति जनतामा तिव्र वितृष्णा रहेको ठहर गरेको छ । मंगलबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनताले हाल विद्यमान अपवित्र र सिद्धान्तहिन गठवन्धनलाई अस्वीकार गरेको तथा कांग्रेस र कम्युनिष्टप्रति जनतामा तिव्र वितृष्णा रहेको समेत पुष्टि गरेको ठहर गरेको महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिए ।

उनले जिल्ला अध्यक्षहरुसहित केन्द्रीय कार्य समितिको संयुक्त बैठक आगामी जेष्ठ ९ र १० गते काठमाडौंमा बोलाउने निर्णय भएको पनि जानकारी दिए ।  त्यस्तै बैठकले हालै सम्पन्न उपचुनावको समिक्षा गर्दै जनताको अभिमत सकारात्मक रहेको तथा दीर्घकालीन रूपमा यो उपचुनाव लोकतन्त्रलाई परिपक्व बनाउने दिशामा कोसेढुङ्गा हुने ठहर पनि गरेको छ ।

जनताको परिवर्तनको चाहनालाई सम्मान गर्दै सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै सुशासन र आर्थिक समृद्धि राप्रपा नेपालको भावि गन्तव्य र कार्यदिशा हुने निर्णय पनि भएको महामन्त्री बर्ताैलाले बताएका छन । बैठकले जनबर्गिय संगठन, बिभाग र समितीहरुलाई ३ महिने विशेष कार्ययोजना बनाई तत्काल कार्यान्वयन गर्न निर्देश गरेको छ ।

बैठकले उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानको प्रभाबकारिता बारे समिक्षा गर्दै अभियानलाई प्रभाबकारी र योजनाबद्ध रुपमा थप गति दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १७:३१