२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

रवि लामिछाने कीर्तिमानी मतान्तरसहित फेरि विजयी, सर्वाधिक मतमा केपी अ‍ोलीको रेकर्ड तोडे

१२ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा कीर्तिमानी मतान्तरसहित फेरि विजयी भएका छन । मंगलबार मध्यान्ह सार्वजनिक अन्तिम मत परिणामअनुसार लामिछाने ५४ हजार १७५ मत प्राप्त गर्दै विजयी भएका छन ।

लामिछाने अघिल्लो पटक भन्दा पनि धेरै मतान्तर अर्थात ४३ हजार ६१ मतान्तरमा विजयी भएका छन । यसअघि लामिछाने ३४ हजार १६२ मतान्तरमा विजयी भएका थिए ।  लामिछानेले आफ्नै रेकर्ड समेत तोड्दै मंसिरको चुनामा भन्दा ५ हजार बढी मत प्राप्त गरेका छन । उनले मंसिरमा ४९ हजार २६१ मत प्राप्त गरेका थिए । सर्वाधिक मतमा भने लामिछानेले केपी अ‍ोलीको रेकर्ड तोडेका छन । अ‍ोलीले झापा ५ बाट  विजयी हुँदा ५२ हजार ३१९ मत प्रप्त गरेका थिए । अब यो संसदको सबैभन्दा लोकप्रिय मत र बढी मतान्तर दुबैमा रविको कीर्तिमान बनेको छ ।

उपप्रधान तथा गृहमन्त्री पदमा रहेकै समयमा दोहोरो नागरिकताको बिबादमा सर्वोच्च अदालतले रविको सांसद पद नै खारेज गरिदिएको थियो । त्यसपछि चितवनमा उपचुनाव भएको हो । रविको सांसद पद गत माघ १३ गते गुमेको थियो।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार २०:३५