८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

न्युजिल्याण्ड पठाइदिने भन्दै ५ लाख ठगी गर्ने धादिङका हरिजंग पक्राउ

१२ वैशाख, काठमाडौं । न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । धादिङको निलकण्ठ नगरपालिका –३ पुछारबजार स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका –६ बानियाँटार बस्दै आएका ३८ वर्षीय हरिजंग गुरुङ पक्राउ परेका हुन् ।

गुरुङले राजेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागी न्युजिल्याण्ड पठाई प्रतिष्ठित होटलमा कम लगाइदिन्छु, मासिक एक लाख ५० हजार भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडित भनिएका श्रेष्ठबाट पटकपटक गरी पाँच लाख ६ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।

प्रकाशित मिति : April 25, 2023 at 12:10 pm