सिटी होटेलको आईपीओ बाँडफाँडः १६ हजार ७४० जनाले पाए सेयर, यसरी हेर्नुहाेस् नतिजा
१२ वैशाख, काठमाडाैं । सिटि होटल लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले चैत्र २१ देखि वैशाख ५ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपीओ आज वैशाख १२ गते बाँडफाँड भएको हाे ।
क्यापिटलका अनुसार उक्त आईपीओ १९ हजार ७४८ आवेदनबाट कुल ५ करोड ६८ लाख ९ हजार रुपैयाँ बराबरको ५ लाख ६८ हजार ९० कित्ताका लागि आवेदन परेको थियो। सोमध्ये १९ हजार ७३९ आवेदन स्वीकृत भएको छ भने ९ आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये १६ हजार ७४० आवेदकले १० कित्ताका दरले होटलको सेयर प्राप्त गरेका छन्। भने बाँकी आवेदककाे हात खाली भएकाे छ ।
आईपीओको नातिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित मूल्यका १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्काशन गर्नेछ।
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १०:२५













