११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

माई खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

१२ वैशाख, काठमाडाैं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज वैशाख १२ गते मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख ८ गतेदेखि र्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न गरेको छ।

सीडीएससीका अनुसार वैशाख ११ गते साँझसम्म कम्पनीकाे आईपीओमा १० लाख ४६ हजार ६५ आवेदकबाट १ करोड १७ लाख ३० हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.२४ गुणाले बढी हो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 25, 2023 at 9:42 am