९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र सिमित नगर्न गृहमन्त्रीको आग्रह

११ वैशाख, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र सिमित गर्न नहुने बताएका छन् ।काठमाडौंमा आयोजित विपद् जोखिम व्यवस्थापन नीतिगत व्यवस्थादेखि अभ्यास सम्म विषयक राष्ट्रिय कार्यशालामा उनले विपदजन्य घटनामा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले भने ‘जोखिम न्युनिकरण, पूर्व तयारी र क्षमता विकासमा थप प्रभावकारी बनाउन आवश्यक छ । विपदजन्य घटनाको समयमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउनुपर्छ । विपद्जन्य कोषलाई राहातमा मात्र केन्द्रित नगरी जोखिम न्यूनिकरण र विकास जस्ता दिर्घकालिन कार्यमा परिचालन गर्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गर्दछु ।’

उनले आगलागि,जलवायु परिवर्तन,बाढीपहिरो,कृषि बालिमा हुने क्षति जस्ता विविध विपद्जन्य घटनाको समयमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। सूचना र प्रविधिको प्रयोगबाट जोखिम न्यूनिकरणका लागि सहज भएको भन्दै मौलिक र नयाँ प्रविधिको प्रयोग गरेर विपद् जोखिम न्यूनिकरण गर्न सबैले लागिपरेको उनको भनाई छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १७:०३