२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

चितवन-२ मा अघि लागे रवि लामिछाने, पछ्याउँदै एमालेका न्यौपाने

११ वैशाख, चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २ हजार ४९२ मत गणना हुँदा लामिछानेले १ हजार १५५मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै ६६५ मत ल्याएका छन् । कांग्रेसका जीतनारायाण श्रेष्ठले ५८८ मत ल्याएका छन् ।

प्रकाशित मिति : April 24, 2023 at 4:13 pm