२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

चितवन-२ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको अग्रता

११ वैशाख, चितवन । चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। सोमबार दिउँसो सुरू भएकाे इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेलाइ पछि पार्दै अग्रता कायम गरेका छन् ।

एमाले उम्मेदवार न्यौपानेले ३६७ मत पाएका छन् ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:२८