५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

११ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँमा काराेबार भएको छ।

आइतबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ११:०६