२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बारा–२ उपनिर्वाचनः सर्वदलीय बैठक सकियो, ११ बजेबाट मतगणना सुरु हुने

११ वैशाख, काठमाडौं । बारा–२ मा रोकिएको मतगणना ११ बजेबाट सुरु हुने भएको छ । सर्वदलीय सहमतिपछि ११ बजेबाट मतगणना सुरु हुने भएको हो । मतगणना रोकिएपछि सहमतिका लागि सोमवार बिहान ८ बजे सर्वदलीय बैठक बसेको थियो । बैठककलैया उप–महानगरपालिका–३ गंगापुरस्थित शिक्षक तालिम केन्द्रमा बसेको थियो ।

बैठकमा रानीतिक दल, सुरक्षा निकाय तथा निर्वाचन आयोगका पदाधिकारी सहभागि थिए । बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । सर्वदलीय बैठकपछि मतगणना बिहान ११ बजेबाट सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

सर्वदलीय बैठक आइतवार नै बस्ने भनिएको थियो । हावाहुरीका कारण आइतवार बैठक बस्न सकेका थिएन । एमाले नेतृ तथा पूर्वमन्त्री ज्वालाकुमारी साहले मत गणनास्थलमा प्रत्येक उम्मेदवारका २–२ जना प्रतिनिधि रहने सहमति भएको जानकारी दिइन् । बारा–२ को उपनिर्वाचनमा ३४ उम्मेदवार चुनावी मैदानमा छन् । उप निर्वाचनमा कुल ६८ हजार ८ सय ८७ मत खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०९:५५