टुकोनको राष्ट्रिय सम्मेलन भदौमा
११, वैशाख, काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आगामी भदौमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय समितिको बैठकले श्रमिकहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आगामी बैशाख १८ गते वृहद् कार्यक्रमको आयोजना गरी ‘मे दिवस’ भव्य रुपमा मनाउन उपाध्यक्ष प्रवलनरसिंह राणाको संयोजकत्वमा जनपरिचालन समिति तथा कोषाध्यक्ष प्रदिप कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन भएको टुकोनले जनाएको छ ।
२१ सौ सताब्दीमा पनि श्रमिक माथीको विभेद टुकोनलाई सैह्य नहुने निष्कर्षका साथ अधिकार प्राप्तीको लागि श्रमिकहरुलाई संगठित गर्दै आगामी असार मसान्तसम्ममा देशका ७७ वटै जिल्लामा जिल्ला स्तरीय कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उपाध्यक्ष प्रवलनरसिंह राणाले बताए । यस्तै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का केन्द्रीय सदस्य दावा शेर्पाका बुबा छिरिङ शेर्पाको निधनप्रति शोक प्रस्ताव समेत बैठकले पारित गरेको थियो ।
प्रकाशित मिति : April 24, 2023 at 9:49 am









