२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

तनहुँ अपडेटः स्वर्णिमको फराकिलो अग्रता कायमै, कांग्रेसलाई उछिन्ने प्रयासमा एमाले

११ वैशाख, काठमाडाैँ । तनहुँ जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको कोरि एरिया भनेर भोट बैंक मानिएको भानु नगरपालिकामै राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धक्का दिएका छन । आबुखैरहनी गाउँपालिका र भानु नगरपालिकाको १३ हजार ६५ मत गणना हुँदा ७ हजार २९३ मतसहित वाग्लेले लिड गरिरहेका छन ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत प्राप्त गरेका छन । त्यस्तै भट्टराईलाइ पछ्याउने क्रममा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ३१३४ मत प्राप्त गरेका छन । भट्टराई सात दलका एकल उम्मेदवार हुन भने वाग्ले र खनाल फरक एक/एक दलका उम्मेदवार हुन ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:१४