२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

तनहुँ १ मा कांग्रेसको कोर एरियामै स्वर्णिमको धक्का, दोब्बर बढी मतान्तरको अग्रता

११ वैशाख, काठमाडाैँ । तनहुँ जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको कोरि एरिया भनेर भोट बैंक मानिएको भानु नगरपालिकामै राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धक्का दिएका छन । आबुखैरहनी गाउँपालिका र भानु नगरपालिकाको १० हजार ६३८ मत गणना हुँदा ५ हजार ९०० मतसहित वाग्लेले लिड गरिरहेका छन ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले २६८७ मत प्राप्त गरेका छन । त्यस्तै भट्टराई पछ्याउने क्रममा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले १६५७ मत प्राप्त गरेका छन । भट्टराई सात दलका एकल उम्मेदवार हुन भने वाग्ले र खनाल फरक एक/एक दलका उम्मेदवार हुन ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०७:२०