२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुःख पाइरहेको छः झलनाथ खनाल

१० वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुःख पाइरहेको बताएका छन् । आईतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनःउपलब्धि चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुख पाइरहेको बताएका हुन् ।

खनालले कम्युनिष्ट एकतालाई आवश्यकतामा बदल्ने कोशिस गरेको तर सफल हुन नसकेको पनि बताए । उनले भने,‘एकाध व्यक्तिको महत्वाकांक्षाले गर्दा अहिले दुख पाइरहेको छ देशले । त्यसमा परिवर्तन आउन जरुरी छ । परिवर्तन र एकता अङकमाल गरेर एकआपसमा टाउको जोड्दैमा हुने कुरा होइन् । जसरी २०७५ साल जेठ ३ गते एकता भएको थियो । त्यो टाउको जोडेकोे एकता हो त्यसरी हुँदैन । त्यो बालुवाटारमा पुग्न गरिएको एकता हो । तर, पनि तपाई हामीले कम्युनिष्ट एकतालाई साच्चीनै आवश्यकतामा बदल्ने कोशिस गर्यौ, प्रयास भएन सकिएन सकेनौं ।’

नेतृत्वमा दक्षिणपन्थी भड्काउँमा पुगेकै कारणले कोही राप्रपा र कोही कांग्रेससँग अग्गालो मार्न पुगेको बताएका छन् । नेता खनालले संसदमा वामपन्थीहरुको बहुमत भएको जिकिर गरे । उनले पार्टी एकता गर्दा लक्ष्य, बैचारिक सिद्धान्तलाई मिलाएर आधारभूत रुपमा एकता हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १६:४७