६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

नेप्सेसँगै खुम्चियो कारोबार रकम, तीन कम्पनीको सेयरमा सर्किट

साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.८० अकंले घटेर १८८५.६० बिन्दुमा बन्द भएको छ । आज २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका २९ कम्पनीको सेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे सेयरमूल्य घटेको छ । २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।  आज मोलुङ्ग हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । आज सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त र कालिन्चोक दर्शनको सेयर मूल्यमा सर्किट लागेको छ । यस दिन सनराइज फोकस्ड इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १५:१७