तनहुँका उम्मेदवार भट्टराईलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
१० वैशाख, तनहुँ ।तनहुँ १ का सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मौन अवधिमा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको आरोपमा उम्मेदवार भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
गत बिहीबार भट्टराईले आफ्नो मोबाइल नम्बरबाट भ्वाइस मेसेज पठाएर मत मागेको भन्ने सूचना पाएको थियो। उक्त सूचना पाएपछि समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फत् उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

प्रकाशित मिति : April 23, 2023 at 1:18 pm









