८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

विवादित बैंकर अमृतचरण श्रेष्ठ राष्ट्र बैंकको कारबाहीमा

१० बैशाख, काठमाडाैँ । विवादित बैंकर अमृतचरण श्रेष्ठ राष्ट्र बैंकको कारबाहीमा परेका छन । श्रेष्ठले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुँदा अख्तियार भन्दा बाहिर गएर कर्जा स्वीकृत गरेका थिए । एनसीसी बैंक हाल कुमारी बैंकले प्राप्ति गरिसकेको छ ।

राष्ट्र बैंकले २०७९/०८०को तेस्रो त्रैमासिकमा कर्जा र निक्षेप अनुपात कायम नगरेको, सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको तथा अन्य शीर्षकमा श्रेष्ठसहित अन्य बैंकरहरू माथि कारबाही गरेको छ ।

श्रेष्ठले एनसीसी बैंकबाट सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधि, २०७५ को २६ (क)विपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेका थिए ।

सोही कसुर अनुसार नेपाल राष्ट्र बैंक  ऐन २०५८ को दफा १०० को उपदफा (२)को खण्ड (ग) बमोजिम श्रेष्ठलाइ पाँच लाख जरिवाना गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १०:३०