माई खोला हाइड्रोपावरको आईपीओमा अहिलेसम्म कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट
१० वैशाख, काठमाडाैं । माई खोला हाइड्रोपावर लिमिटेको आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको गरेकाे आईपीओमा आज बिहानसम्म ५ गुणा बढी आवेदन परेकाे हाे ।
कम्पनीले गत वैशाख ८ गतेदेखि जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।
सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा आज बिहानसम्म ५ लाख ८५ हजार ७२२ आवेदकबाट ६७ लाख १० हजार २० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५.२८ गुणाले बढी हो।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि वैशाख १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार ११:३३












