१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

१५ दिनदेखि कीर्तिपुरमा आतंक सिर्जना गरिरहेको चितुवा यसरी पर्यो पासोमा (फोटोफिचर)


१० वैशाख, काठमाडाैँ । विगत १५ दिनदेखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा लुकेर आसपासको बस्तीमा समेत आतंक सिर्जना गर्दै आएको चितुवा शनिबार मध्यराति पासोमा परेको छ । प्रहरीले नियन्त्रणको प्रयासमा लिन खोज्दा केहीदिन अघि प्रहरी माथि नै जाइलागेको चितुवा मध्यरातमा वन विभागको पासोमा परेको हो । कालो कुखुरा राखेको पासोमा चितुवा परेको हो । कुखुरा खान छिर्दा चितुवा पासोमा परेको प्रहरीले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोग परिसरको पासोमा चितुवा परेको स्थानीय समेत रहेका पत्रकार वीरेन्द्र शाक्यले जानकारी दिएका छन । चितुवाले केही दिनदेखि कीर्तिपुरमा रहेका पशुचौपाय र कुकरको ज्यानै लिएको थियो । वन विभागको टोलीले एउटा चितुवा नियन्त्रणमा लिएको भए पनि अर्को पनि चितुवा भएको आशंकमा अझै साँझको समयमा हिँडडुल गर्दा होशियारी अपनाउन प्रहरीले अनुरोध गरेको छ । तस्बिरहरूः वीरेन्द्र शाक्य

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १०:२३