१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

दैनिकी समाचार प्रभावः ३० घण्टापछि बोल्यो चन्द्रागिरी हिल्स, केबलकार सेवा अझै अबरूद्ध हुने

९ वैशाख, काठमाडौँ । चन्द्रागिरी हिल्स ३० घण्टापछि बोलेको छ । केबलकार सेवा बन्द भएको ३० घण्टापछि शनिबार मध्यराति ११ बजे विज्ञप्ति जारी गर्दै चन्द्रागिरी हिल्सले अझै केही समय केबलकार अबरूद्ध हुने जानकारी दिएको छ । यसअघि दैनिकीले केबलकारमा अड्किएका प्यासेन्जरको सकुशल उद्धार भएको र शनिबार दिउँसभर सेवाग्राही कुराएर सूचना नदिएको विषयमा समाचार प्रकाशित गरेको थियो । चन्द्रागिरी हिल्सले विज्ञप्ति मार्फत अझै केही समय केबलकार सेवा अबरूद्ध हुने र सञ्चालनमा आएपछि सूचनाद्धारा जानकारी गराउने जनाएको छ ।

यो पनि पढ्नुहोस्

चन्द्रागिरी हिल्सले सूचना लुकाउँदा शनिबार हजाराैँले दुःख पाए, २४ घण्टादेखि केबलकार बन्द

चन्द्रागिरी केबुलकारमा शुक्रबार अड्किएका यात्रुको उद्धार, केबुलकार बन्द

चन्द्रागिरीले सूचना लुकाउँदा हजाराैँ नागरिकले शनिबार दुःख पाएका छन । केबलकार बिग्रिएको सूचना चन्द्रागिरी हिल्सको व्यवस्थापनले नदिँदा सेवा लिनका लागि चन्द्रागिरी पुगेका नागरिकहरू दिउँसो घण्टाैँसम्म कुरेर त्यसै फर्किन विवश भए ।

प्रकाशित मिति : April 23, 2023 at 12:25 am