१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

चन्द्रागिरी केबुलकारमा शुक्रबार अड्किएका यात्रुको उद्धार, केबुलकार बन्द

९ वैशाख, काठमाडौँ । चन्द्रागिरी केबुलकारमा शुक्रबार राति अड्किएका यात्रुहरूको सकुशल उद्धार गरिएको छ । शुक्रबार राति ६ बजे केबुलकार अड्किएपछि राति ९ बजेसम्म लगाएर यात्रुहरूको सकुशल उद्धार गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार केबुलकारमा अड्किएका कतिपय यात्रुहरू निकै अतालिएका थिए ।

चन्द्रागिरी हिल्स लिमिटेडले प्राविधिक समस्याका कारण केबुलकार अड्किएको जनाएको छ । स्रोतका अनुसार यो चन्द्रागिरी केबुलकारमा देखिएको अहिलेसम्मकै ठूलो समस्या हो । केबुलकारको समस्या समाधानका लागि प्राविधिक टोली मगाइएको चन्द्रागिरी हिल्सले जनाएको छ । वुटवलमा केवुलकारकै काम गरिरहेका प्राविधिकहरू काठमाडौँ आउँदै गरेको बझिएको छ ।

शुक्रबार ६ बजे बन्द भएको केबुककार अहिलेसम्म बन्द नै रहेको छ । आज चल्ने सम्भावना न्यून रहेको बुझिएको छ । यसअघि पनि केबुलकारमा पटक पटक समस्या सिर्जना हुँदै आएको थियो । व्यवस्थापनले समय समयमा मर्मत र चेकजाँच गर्नुपर्ने भए पनि निरन्तर सञ्चालनमात्र गर्ने र अड्किएपछिमात्र समस्याको समाधान खोज्दा समस्या आउने गरेको छ ।

आज शनिबार भएको र कम्पनीले पूर्व सूचना नदिएका कारण चन्द्रागिरी जान भनेर केबुलकारको स्टेशनमा पुगेका सयाैँ मानिस त्यसै फर्किएका छन । काठमाडाैँका कतिपय मानिसहरू विदा मनाउनका लागि परिवारसहित चन्द्रागिरी जाने गरेका छन । कम्पनीले सूचना ननिकाले पनि केबुलकार भने बन्द भएको छ ।

@dainiki.com

साग बेचेर चन्द्रागिरीको सेयर किन्नेहरू सबै डुबे #durgaprasai #dainiki #chandragirishare

♬ original sound – dainiki.com – dainiki.com

 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ०९:५२