१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

भर्ने हाेइन त ? मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

७ वैशाख, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। उक्त आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरि सकिएको छ।

त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

सीडीएससीका अनुसार आज वैशाख ६ गते साँझसम्म कम्पनीकाे आईपीओमा ९ लाख ५९ हजार ८९ आवेदकबाट १ करोड ६ लाख २८ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११.३७ गुणाले बढी हो।

उक्त आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।  नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ।

प्रकाशित मिति : April 20, 2023 at 10:50 am