१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

छ्याङ्दी हाइड्रोपावरले बाेलायाे साधारणसभा, शत प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेण्डा

६ वैशाख, काठमाडाैं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आफ्नो नवाैँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको वैशाख ५ गते मंगलबार बसेको बैठककाे निर्णयअनुसार कम्पनीकाे साधारणसभा वैशाख २८ गते काठमाडाैंकाे कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आठौँ वार्षिक साधारणसभाबाट निर्णय भएबमोजिमको ४० प्रतिशत हकप्रद सेयरसम्बन्धी निर्णय रद्द गरी कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको वार्षिक साधारणसभा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : April 19, 2023 at 2:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/