१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

फर्स्ट माइक्रोफाइनान्सको नाफा १७.१२ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

६ वैशाख, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेकाे विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १९ करोड ४५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ।

गत वर्षको यही अवधिसम्मको तुलनामा १७.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य वृद्धि भएको छ । कम्पनीको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १०.६८ प्रतिशतले बढेर २७ करोड ७९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २५ करोड ११ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३० करोड ७१ लाख रुपैयाँ रहेको थियो। याे अवधिमा कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४३ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम राखेको छ । संस्थाले रिजर्भको आकार २५.६५ प्रतिशतले बढेर २६ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २१ करोड १९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीकाे वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य घटेर २२.६० रुपैयाँमा पुगेकाे छ। गत वर्षकाे साेही अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी २.९७ रुपैयाँ रहेको थियो। कम्पनीकाे प्रतिसेयर नेटवर्थको मूल्य १३७.७३ र तरलता अनुपात ६ प्रतिशत रहेको छ।

प्रकाशित मिति : April 19, 2023 at 11:37 am