२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कोइरालो प्रतिकेजी २३० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


६ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउलीको मूल्य ३०रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा काउलीको मूल्य प्रतिकेजी पाँच रुपैयाँले बढ्दा आलुको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै, काँक्रो ९० रुपैयाँ,कागती २३० रुपैयाँ, कुरीलो २५०, कोइरालो २३०, हरियो खुर्सानी ६० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ,लोकल गाजर ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भएको छ ।

गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, लोकल सिमी २० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, पालुंगो साग ९०,घिरौला ३०,तिते करेला ४०, तोफु १२० रुपैयाँमा किनबेच भइरहेको छ । हिजोको तुलनामा राजमा सिमीको मूल्यमा दश र चमसुरको सागमा दश रुपैयाँले मूल्य घटेर आएको छ ।

यस्तै आज बकुल्ला ७०, पाकेको फर्सी ३०,लोकल बन्दा २०,ब्रोकाउली ५०, बरेला ४०,भान्टा लाम्चो ३०, मटरकोशा ८०, सेतो लोकल मूला १५ ,धनियाँ ४०,स्कूस ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।

फलफूलमा कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, केरा दर्जनको १७० रुपैयाँ, अनार २५०,रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँ रहेको छ ।

हिजोको तुलनामा आभोकाडो र किविको मूल्य स्थिर रहँदा कालो अंगुर र हरियो अंगुरको मूल्यमा दश रुपैयाँ घटेको छ भने अनारको मूल्य आज २५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १०:०७

https://srdb.com.np/