२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बैदेशिक रोजगारमा गएका नेपालीहरुको सुरक्षा सरकारले गर्नुपर्छः सांसद कार्की

५ वैशाख, काठमाडौं ।  सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैदेशिक रोजगारमा गएका नेपालीहरुको रिहाई, उद्वार र सुरक्षाको विषय सरकारले हेर्नु पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

तर बैदेशिक रोजगारमा गएका नेपालीहरु विभिन्न देशका जेलहरूमा करिव १ हजार भन्दा बढी रहेको तथ्यांक सार्वजनिक हुँदा सरकार यस प्रति संवेदनशील हुन आवश्यक रहेको उनको भनाइ थियो । उनले भने ‘ हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा गएकाहरूको महत्वपूर्ण योगदान रहेको छ । तर वैदेशिक रोजगारमा गएका नेपालीहरु आज विभिन्न देशका जेलहरूमा रहेको तथ्याङ्क करिव १ हजार भन्दा बढि छ । ’

गत वर्षको रेमिट्यान्सले हेर्ने हो भने १० खर्व ७ अर्व रुपैया स्वदेशमा भित्रिएको भन्दै उनले अर्थतन्त्रमा बैदेशिक रोजगारीमा गएका नेपालीले ठूलो योगदान रहेको चर्चा गरे । यही कारण पनि उनीहरुका लागि सहज वातावरण सृजना गर्नसरकारको ध्यान जानु पर्ने सांसद कार्कीको आग्रह थियो।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १५:५९