२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रधानमन्त्रीलाई सांसद गैरेकाे प्रश्नः व्यवस्था संकटमा पर्यो भनेर के सन्देश दिन खोज्नु भएको हो ?

३ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले बैशाख १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था संकटमा पर्याे भनेर के सन्देश दिन खोजेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको कार्यक्रममा व्यवस्थामाथि आएको संकटलाई संसदले सामना गर्न सक्ने भन्दै त्यसको जानकारी प्रधानमन्त्रीले बाहिर होईन सदनमा आएर दिनुपर्ने माग गरे ।

उनले भने, बैशाख १ गते प्रधानमन्त्रीले पार्टी कार्यालयमा गएर यो व्यवस्था संकटमा पर्यो यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नु भएको हो । यो सार्वभौम सदन चलिरहेको अवस्थामा प्रधानमन्त्रीले बाहिर यो व्यवस्थामाथि संकट आएको छ भने सदनमा आउनु पर्यो सदनलाई जानकारी गराउनु पर्यो, सुचित हुनु पर्यो कस्ले यो व्यवस्था उल्ट्याउन खोजेको छ के कारणले संकट पैदा भएको हो । सबै चुनौतीलाई सामना गर्न संसद तयार हुनुपर्छ त्यो जानकारी प्रधानमन्त्रीले सदनमा जानकारी गराउनु पर्यो । संसदले सामना गर्न सक्ने समस्याको बारेमा पहिले संसदलाई जानकारी हुनुपर्ने उनको तर्क थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १५:३२