३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमाले सांसद पन्तले संसदमा सुनाए प्रधानमन्त्री हराएको सूचना

३ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो सूचना सुनाएका हुन् । उनले भने, ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाधेको ७० नपुगेको जस्तो देखिने।’

उनले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गरे। उनले भने, ‘उहाँ केही दिनअघि प्रतिनिधि सभाको बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकोले उहाँलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला। उहाँ अन्तिम पटक देखिएको साल बालुवाटार छेउछाउ।’

प्रकाशित मिति : April 16, 2023 at 2:52 pm