१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

३ वैशाख, काठमाडाैं ।सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

उनी मुुटु सम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन्। अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : April 16, 2023 at 9:58 am