१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

१ वैशाख, काठमाडाैं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कृषि बिकास बैक लि. बिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैक लि. को तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङ ले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् । यसका साथै कृषि बिकास बैक लि. सँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. ले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : April 14, 2023 at 2:30 pm