७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सरकारले ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पार्याेः ज्ञानेन्द्र शाही


२९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पारेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम गरिरहेको आरोप लगाएका हुन् ।उनले भने, ‘सरकारलाई सभामुख मार्फत अनुरोध गर्न चाहन्छु । यसरी मिटर ब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर निर्माण व्यवसाय र विकासको काम ठप्प परेका छन् ।

यो छिटो भन्दा छिटो खुलाइयोस् । बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम नगरियोस् ।’ शाहीले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भने ता पनि वास्तविक मिटरब्याजी सरकार नै भएको भन्दै आक्रोश पोखे ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १५:२०