२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु

२९ चैत, काठमाडौं । उद्योग व्यवासायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन आज(बुधवार) हुँदैछ । महासंघको ५७ औं राष्ट्रिय महाधिवेशन मंगलवारदेखि जारी छ ।

नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ देखि मतदान सुरु भएको छ । मतदान ४ बजेसम्म जारी रहेनछ । महासंघको अध्यक्षमा चन्द्र ढकाल स्वतः चयन हुनेछन् । उनी अहिले महासंघको बरिष्ठ उपाध्यक्ष छन् । महासंघको विधान अनुसार बरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

कार्यसमितिका लागि ४ सदस्य सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत हुनेमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल हुन् । बरिष्ठ उपाध्यक्षसहित बाँकी ५९ कार्यसमिति सदस्यका लागि निर्वाचन सुरु भएको छ ।

बरिष्ठ उपाध्यक्षमा चयन हुने व्यवसायी उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी मैदानमा छन् । उनीहरु आ–आफ्ना प्यानल बनाएर चुनावमा प्रतिष्पर्दा गर्दै छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ०९:२४