२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

विदेशी मुद्रा सञ्चितिले साढे ९ महिनाको आयात धान्न सक्ने

२८ चैत, काठमाडौं । विदेशी विनियम सञ्चिति बढेकाे छ । माघ महिनासम्म १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको विदेशी विनियम सञ्चिति फागुनसम्म १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपालसँग अहिलेको अवस्थामा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति रहेको बताइएको छ । गत फागुनसम्म अमेरिकी डलरमा सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भएर १० अर्ब ६९ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले बढेर १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ बराबर पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २ प्रतिशतले घटेर १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर कायम भएको छ । २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : April 11, 2023 at 3:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/