१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सानिमा बैंक र दराजबीच ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य

२७ चैत, काठमाडाैं । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य गरेको छ। यो योजना भोलि चैत २८ देखि आउँदो वैशाख ७ गतेसम्म लागू हुनेछ।

उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्नानुसार छुट पाउने व्यवस्था गरिएको छ।

ग्राहकले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ। सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रियाअनुसार छुट प्रदान गरिनेछ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्। यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्टलगायतमा विशेष छुटको व्यवस्था रहेको छ।

प्रकाशित मिति : April 10, 2023 at 1:39 pm