५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

एकै दिन ७००ले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२७ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला प्रतिताेला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतिताेला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भएको छ।

आइतबार सुनको मूल्य स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ। आइतबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १०:५३