३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना

२५ चैत, काठमाडौं ।  काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।

महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी अंगुर जिसीका अुनसार एयर डाइग्नोस्टिकको हेलिकप्टर पछाडिको भाग खुस्किएको छ।

चितवनमा बिरामी लिनका लागि डाक्टर लिन पुगेको हेलिकप्टरको पछाडिको भाग खुस्किएको उनले बताए । उनले भने , ‘हेलिकप्टरको पछाडिको भाग चोइटिएर भागेको भेटिएको छ।

अहिले हेलिकप्टर हेलिप्याडमा नै राखिएको छ।’ घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : 16:12