२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन हाेः रघुजी पन्त

२३ चैत, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै पन्तले सरकारको १०० दिन खेर गएको बताए

पन्तले आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने भन्ने थाहा नभएकाे बताउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको सय दिनमा भ्रष्टाचार बढ्नेबाहेक केही काम नभएको टिप्पणी गरे । उनले भने, ‘काम गरेको छैन, एउटासँग बिहे गर्‍यो, अर्कोसँग पोइल गयो । अनि केही दललाई लिएर सरकार बनायो।’

‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ पन्तलेले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेल छ।’

कतिपटक प्रधानमन्त्री बने भन्नुभन्दा उपलब्धि के भयो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै उनले भने, ‘मनमोहन एकपटक प्रधानमन्त्री बन्नु भएको थियो, त्यो पनि अल्पमतको, अहिलेसम्म उनलाई किन स्मरण गरिन्छ ?’

उनले सरकारकाे सय दिन नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीनबिताएको सरकार सेटिङमा कानून फेरेर एनसेललाई फाइदा पुर्याउने काममा लागेको आरोप लगाए ।

उनले एनसेललाई सेटिङमा सहयोग गरेको भन्दै त्यसबारे सदनलाई सरकारले जवाफ दिनु पर्ने माग गरे । उनले भने ‘एनसेललाई सरकारको स्वामित्वमा आउन नदिनको लागि अहिले मस्यौदा विधेयक गरेर त्यसलाई चलखेल गरिदै छ र त्यो सरकारको स्वामित्वमा कहिल्यै नआउने ढङ्गका प्रावधान राखिदै छ । एक जना देशभक्त सचिवले त्यसको विरोध गरे सचिवकै सरुवा गरेर प्रधानमन्त्रीकार्यालय ल्याएर अर्को सचिव पठाइयो । सरकारसँग सम्बन्धित यस्ता विषयमा संसदमाप्रश्न उठ्दा त्यसको सरकारले स्पष्टीकरण दिएर स्पष्ट पार्नुपर्छ ।’

सञ्चार माध्यममा निरन्तर आउँदा र राष्ट्रिय सभामा प्रश्न उठ्दा पनि सम्बन्धित मन्त्री जवाफदेही नबनेको र सरकारले पनि जवाफ नदिएको भन्दै उनले बैठकमा आक्रोश पोखे । ‘सरकारको सय दिनको उपलब्धियहीहो । के यस्तै उपलब्धीले देशलाई अगाडि बढाउन सक्छ ?प्रधानमन्त्रीकतिचोटी बने भन्दापनि कस्तो काम गरे भन्ने कुराले महत्व राख्छ ।’ उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १६:००